अछाम। जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका ललित बहादुर कुँवर विजयी भएका छन् ।
साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका वडा नम्बर ६ का दुर्गा प्रसाद भण्डारीले ६ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई बिजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याए ।
सदस्यहरुमा नेपाली कांग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिका प्रसाद उपाध्याय, नरेन्द्र बहादुर कुवर र पुर्ण बहादुर रावल तथादलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दलित सदस्यमा नेकपा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भएपनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् ।१० पालिकाका २० मत रहेको अछाममा १८ मत मात्रै खसेका थिए । २० मत मध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् ।