कैलाली। कैलालीको कैलारी गाउँपालिकाले कार्यपालिकाको पहिलो बैठकबाट मालपोत करमा ५० प्रतिशत छुट र नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
बुधबार गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । पहिलो बैठकको निर्णय अनुसार मालपोत करमा ५० प्रतिशत छुट,नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने निर्णय गरेको छ ।
यस्तै गाउँपालिकाका कुनैपनि सुत्केरी महिला बिरामी भएमा उपचारका लागि कैलालीका जुनसुकै अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।बैठकबाट विद्युत काउन्टर पनि हसुलियामा खोल्न पहल गर्ने निर्णय गरेको उहाँले जनाए । बैठकबाट विषयगत समिति ६ वटा र ६ अन्य उपसमिति गठन गर्दै गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बमलाई नियुक्त गर्ने निर्णय गरेको छ । सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा दीपेन्द्र बम चयन भएका छन् ।सदस्यहरुमा धनबहादुर राना, लीलादेवी चौधरी, राजकलादेवी खनाल, किसुनलाल चौधरी, मोहनलाल चौधरी, मनिराम कुमाल, गीता सुनार र झुमा परियार चयन भएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष विकास चौधरीको संयोजकत्वमा विधेयक समिति गठन गरिएको छ । त्यसको सदस्यमा पुष्पा भुल, टीकाकुमारी चौधरी, हरिद्वारी चौधरी र शान्तिकुमारी चौधरी रहेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम चौधरीको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा आशिका चौधरी, सैतुराम चौधरी, सुवा परियार, मानबहादुर चौधरी, फूलपाती चौधरी, आरती विक, लक्ष्मी चौधरी र कृष्णीदेवी दमाई चयन भएका छन् । यसैगरी, वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ। सो समितिको सदस्यमा शिकारी चैधरी, सन्तराम चौधरी, सैतुराम चौधरी, सुवा परियार, पवित्रा परियार, सुनिता चौधरी, उमेशकुमार चौधरी, विजय चौधरी र जगमा चौधरी रहेका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरीको संयोजकत्वमा भौतिक पूर्वाधार विकास समिति गठन गरिएको छ । त्यसको सदस्यमा पुष्पा भुल, आशिका चौधरी, सकुन्तला बखरिया, हरिद्वारी चौधरी, अनारकली चौधरी, महावीर चौधरी, टुनीराम चाधरी, विजय चौधरी र कृष्णीदेवी दमाई चयन भएका छन्। यसैगरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा तुल्सीप्रसाद चौधरी, विकास चौधरी, सन्तराम चौधरी, लक्ष्मीकुमारी चौधरी, सुनिला चौधरी, सुन्दरीदेवी चौधरी, तारामल कठरिया, शान्तिकुमारी चौधरी र भागुदास चौधरी रहेका छन् । लेखा समितिमा टीकाकुमारी चौधरी भुल, लालबहादुर विक र मनिराम कुमाल रहेका छन्। यसैगरी, गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीको संयोजकत्वमा न्यायिक समिति बनाइएको छ । समितिको सदस्यमा वडा नम्बर १ का वडा अध्यक्ष ध्वजहरिपाल बोहरा र हरिद्वारी चौधरीलाई कार्यपालिका बैठकले तोकेको छ । समितिको सदस्य सचिव गाउँपालिकाका कर्मचारी रहने व्यवस्था छ । गाउँपालिकाका उपाध्यक्ष चौधरीको संयोजकत्वमा अनुगमन तथा सुपरिवेक्षण समिति बनाइएको छ । समितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्षले तोकेका एक महिला दुई जना कार्यपालिका सदस्यहरु खेमराज चौधरी, सुनिला चौधरी र योजना शाखा प्रमुख समितिमा रहने प्रवक्ता बमले जानकारी दिए । चुनावी घोषणापत्रमा उल्लेख भएको कृषि, स्वास्थ्य, शिक्षा लगायतका बुँदाहरुलाई मध्यनजर गरेर गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम तय हुने बैठकमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् ।