कैलाली। कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले आफूले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने आट गरेको बताएका छन । बुधबार नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सो कुरा बताएका हुन ।
उनले भने,“यो सहर अव्यवस्थीत छ,अव्यवस्थीत बसोबास पनी धेरै छ । अव्यवस्थीत सहरलाई व्यवस्थीत पार्नको निमीत्त अहिले लालपुर्जाको पनी खाँचो छ । भुमी आयोगको केन्द्रीय टोली पनी आज गोदावरीमा पुगेको छ । कैलालीको पाँच ओटै निर्वाचन क्षेत्रको काम चार नम्बर क्षेत्रको गोदावरीबाट सुरु गर्दीनुस भन्ने अनुरोध गरेका छौँ उनले भने। धेरै त भन्दैन तीन वर्षभित्र यो कार्यक्रम सकिसक्नुपर्ने छ तर गोदावरी बासी दाजुभाई दीदीबहिनीबरुलाई १० महिनाभित्र पुर्जा दिनसक्छु भन्ने आँट गरेको छु ।
”गोदावरीमा हाल जग्गा नापीको काम जारी रहेको छ ।उनले कार्यक्रममा सहभागिहरुलाई आफ्ना समस्या ढुक्क संग आफूलाई सुनाउन आग्रह गरे । उनले भने ‘मेयर भएर बिरेन्द्र भट्ट परिवर्तन भयो भन्ने नठान्नु होला । म पहिलो जस्तो थिए अहिले पनि त्यस्तै हो ।’ स्थानीय निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक धार्मीक कार्यक्रममा उपस्थित भएका मेयर भट्टले धार्मीक कार्यक्रमले आचरण सुधार र संस्कारी बनाउने बताए ।उनले आफूले नगरपालिकाबाट नेपाल मानव धर्म सेवा समितिलाई सक्दो सहयोग गर्ने बताए । दुर्गा लक्ष्मी बहुमुखि क्याम्पस संचालनको अनुभव सुनाउँदै उनले सार्वजनिक संस्था संचालन गर्न पनि निकै चुनौतिपूर्ण भएको बताए ।मेरो लागि चुनौती धेरै छन । काम गर्नुपर्ने धेरै छन । बजेट सिमित छ’ उनले भने ‘तर, हामीले यस्ता धार्मीक संस्थालाई सहयोग गर्छौ ।’बुधबार देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जेठ २४ गते सम्म संचालन गरिने जनाइएको छ ।