धनगढी। धनगढीमा अघोषित लोडसेडिङ गरिएको भन्दै धनगढी विद्युत् कार्यालय अगाडी प्रदर्शन गरिएको छ । बढ्दो गर्मीका बेला धनगढीमा पटक पटक बिद्युत अबरुद्ध हुँदा नगरबासी हैरान बनेपछि युवा संघ नेपाल र अनेरास्ववियुले नेपाल विद्युत् प्राधिकरण धनगढी बितरण केन्द्र अगाडी प्रदर्शन गरेको हो।
धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका हुन्। नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुका युवाहरुले हिजो आज दैनिक धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापर्वाही, ग्राहक सेवाको नम्बर होल्डमा राख्ने, फोन नउठ्ने लगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन्। धनगढीमा अघोषित लोडसेडिङ गरेको आरोप लगाउँदै विद्यार्थी र युवाहरुले धनगढी चौराहा देखी विद्युत कार्यालय धनगढी वितरण केन्द्र अगाडीसम्म प्रदर्शन गरेका थिए ।
उनिहरुले दलालहरूलाई ठाउँ छैन, कुर्सी फालेर राखिदिन्छौ, दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोडसेडीङ गर्न पाइँदैन, व्यापारी सँग साँटघाट गर्न पाइँदैन, दलालको खुट्टा भाँचिन्छ, ह्वील चियर लिएर राखिन्छ, दलाल प्रमुख मुर्दावाद, यस्तो प्रमुख चाहिँदैन, राजीनामा दिनै पर्छ । राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद, अनेरास्वीयु जिन्दाबादुु लगायतका नारा लगाएका थिए । यस्तै युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यस्तै हिजो राती अत्तरियामा मुख्य ट्रान्समिटर लाइनको तार टुटेपछि विद्युत अवरुद्ध भएको धनगढी बितरण केन्द्रले जनाएको छ। अत्तरियामा मुख्य ट्रान्समिटर लाइनको तार टुटेर विद्युत अवरुद्ध भएपछि राती अबेर मर्मतपछि मात्रै बिद्युत सेवा सुचारु गरीएको थियो ।



