दार्चुला। जिल्लाका एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका ७ का वडा सदस्य केशवराम कोलीको मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए।उनी गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।