धनगढी। धनगढीमा पटक पटक बिद्युत अबरुद्ध हुँदा नगरबासी हैरान बनेका छन्। बढ्दो गर्मीमा कुनै जानकारी बिना पटक पटक बिद्युत अबरुद्ध हुँदा नगरबासी हैरान बनेका हुन् ।
मंगलबार साँझ देखी रातीसम्म बिद्युत अबरुद्ध भएपछि स्थानीयहरु आक्रोशित भएपछि धनगढी वितरण केन्द्रमा पुगेका हुन्। बिद्युत केन्द्रका कर्मचारीहरुले लापरबाही गरेको भन्दै उनीहरु नेपाल बिद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा पुगेका थिए। दैनिक विद्युत अवरुद्ध भइरहेको बताउँदै स्थानियले सो समस्या समाधान गर्नुपर्ने स्थानीयले बताएका छन्। पटक पटक बिद्युत जाँदा विद्युतको नो लाइट सेवाको टेलिफोन समेत जहिले बन्द अवस्था र फोन नउठ्ने गरेको उनीहरुको गुनासो छ।यता धनगढी बितरण केन्द्रले अत्तरियामा मुख्य ट्रान्समिटर लाइनको तार टुटेपछि विद्युत अवरुद्ध भएको जनाएको छ। अत्तरियामा मुख्य ट्रान्समिटर लाइनको तार टुटेर विद्युत अवरुद्ध भएपछि राती अबेर मर्मतपछि मात्रै बिद्युत सेवा सुचारु गरीएको जनाइएको छ।