धनगढी । सेती अस्पताल व्यवस्थापन समितिको अनुरोधमा एक जना विपन्न महिला निशुल्क सिटी स्क्यान गरिएको छ । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको विषेश अनुरोधमा धनगढीस्थीत माया मेट्रो अस्पतालले नरु देवी भूलकाे सिटी स्क्यान निशुल्क गरेको हो ।
सेती अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले अनुसार ठेगाना नखुलेको अन्दाजी ४० बर्षीय नरु देवी भूलकाे सिटी स्क्यान निशुल्क भएको जानकारी दिए ।उनी यस अघि सेती अस्पतालको इमरजेन्सी वार्डमा उपचाररत रहेकी थिइन् । अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले सहयोगको लागि माया मेट्रो अस्पताललाई धन्यवाद ब्यक्त गरेका छन् ।



