कैलाली। कैलालीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार राती १०ः४० बजे बसले मोटरसाइकललाई ठक्कर दिएको हो ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन्।
सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। त्यस्तै खड्काको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भईरहेको जनाईएको छ । दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका-४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


