कैलाली। कैलालीको गोदावरी नगरपालिकाकी निवर्तमान उपमेयर रत्ना कडायतले आफ्नो ५ बर्षे कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेकी छिन।
दोस्रो कार्यकालका लागि मेयरमा पराजित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले आफ्ना ५ बर्षे सिकाई र उपलब्धि सार्वजनिक गरेकी हुन । संघिय प्रणालीको प्रथम स्थानिय तह निर्वाचन २०७४ मा लोकप्रिय मत सहित गोदावरी नगरको उप–प्रमुखमा विजयी भएकी कडायत दोस्रो कार्यकालका लागि भने पराजित भइन् । पहिलो कार्यकालका लागि सुनौलो अवसर दिएकोमा नगरवासीहरूमा धन्यबाद ब्यक्त गर्दै आसन्न निर्वाचनमा मेरो पक्षमा केही फरक मत परिणाम आएको बताईन् ।
सबैले निर्वाचनमा दिएपनि विडम्बना प्राविधिक समस्याले मत बदर बढि भएर थोरै मतान्तरले पराजित भएको बताईन् ।उनले संघियता पछिको पहिलो ५ बर्षे कार्यकाल भएकाले पनि बिभिन्न चुनौतिका बिच काम गरेको बताईन् । ‘संघियताको पहिलो अभ्यास रहेको बताउँदै स्पष्ट कानुन,ऐन नियमको शुरूवाती अभाव,सिमित श्रोतसाधन, दक्ष जनशक्तिको अभाव, कोरोना महामारीले गोदावरी नगरपालिकामा बिभिन्न चुनौतिका बिच काम गरेको बताईन् ।तरपनी आफुले इमान्दारी पुर्बक सिमित अधिकार र कार्य क्षेत्र भित्र रही पुर्वाधार विकास, मानविय, सामाजिक, न्यायिक निरूपणको रुपमा काम गरेको बताईन् । विगतको अत्तरिया शहर गाउँ र हालको अवस्था तुलनात्मक रूपमा सफा,सुन्दर र विकासमा केही परिवर्तन भएको उनले बताएकी छिन् ।
’उनले बिगत ५ बर्षको कार्यकालमा थुप्रै जनअपेक्षा, जनचाहनाहरू सिमित श्रोतसाधनका बिच आफूले हर सम्भब सम्बोधन गर्नै प्रयास गरेतापनि, समग्र नगरको विकास र समृद्विको स्पष्ट मार्गचित्रमा सोचे र भनेजस्तो धेरै कार्य पूरा नभएको हुन सक्ने बताइन् ।यस्तै उनले न्यायसमितिको संयोजकको भूमिकामा आफू सधै तत्पर भएर काम गरेको बताईन् । शुरूका दिनमा न्याय सम्पादन कार्य प्रभावकारी, छिटोछरितो, चुस्त दुरूस्त बनाउन निकै कठिन भएपनी बिस्तारै कानुनी ज्ञान सहित धेरै कुरा सिक्ने मौका पाए फलस्वरूप आम नागरिकलाई निष्पक्ष ढंगबाट साझा जनप्रतिनिधिको रूपमा दुबै पक्षका कुरा सुनि न्याय दिन सदैव तत्पर रहेको जाजनकारी दिएकी छन् । ५ बर्षिय कार्यकालमा धेरै नगरबासिलाई न्याय दिए, उनीहरुको जिवनमा परिवर्तन ल्याउने काम गरे ‘कतिपय दिदिबहिनि दाजुभाईका बिग्रेका घर सपार्न लागे, कतिपय बुवा आमालाई सम्मान पुर्वक जिउन सघाए, आवाज विहिनहरूका आवाजमा साथ दिए, दुस्ख सुख विसाउने थलो बनेको भनेकी छिन् । मैले समग्र नगरवासी, बिधार्थीहरु, गुरुवर्ग, समाजसेवी, विभिन्न राजनीतिक पार्टीका मित्रहरु, महिला दिदीबहिनी तथा बृद्ध आमाबुवाहरुबाट निरन्तर सहयोग,सुझाव र हौसला पाए हजुरहरुले म प्रति गर्नु भएको बिश्वास र देखाउनु भएको अगाध मायाको म सधै ऋणी रहेको बताइन् ।
उनले आफू जनताबाट निर्वाचित भएपनि उपमेयर प्रति मेयरको दृष्टिकोणका कारण आफ्ना थुप्रै योजना भने ओझेलमा परेको बताईन् । ‘महिलाहरूको अर्थपुर्ण सहभागिताको नाममा महिलाको क्षमता, भिजनलाई स्विकार्न नसक्नुले ५ बर्षे कार्यकालमा मुलुकभरि थुप्रै चुनौति थपिए , जसको भागेदार हाम्रो गोदावरि पनि रहयो । जनता नजिकको सरकारको प्रतिनिधि हामी भनिरहदा तालि र गालि दुबै पाईन्छ भन्नेमा दुईमत छैन । काठमाडौँ महानगर लगायत नेपाल भरिका धेरै जसो नगर प्रमुखले नत आफ्नो स्पष्ट भिजन दिन सके, नत कसैको भिजनलाई खुल्ला हृदय ले साथ र हौसला दिए । उप भनेको चुप लाग्नुपर्छ भन्ने दृष्टिकोणले जनतासँग सार्वजनिक सुनुवाई, जवाफदेहिता, पारदर्शीता, अर्थपुर्ण सहभागिताका कुरा ओझेलमा परे’ उनले भनीन ‘नेतृत्वको साघुरो सोच, एकतन्त्रिय कार्य शैलिले पालिकाको पद्वति धरापमा पर्ने र भष्टाचार मौलाउने गर्दछ । राज्यका प्रमुख अंग व्यवस्थापिका, कार्यपालिकामा बृहत् रूपमा छलफल, सर्वदलिय सर्वपक्षिय सरोकारवालाको रचनात्मक सुझावका आधारमा अगाडि बढ्न नसक्दा विकासमा ब्रेक लाग्ने सम्भावना प्रवल रहन्छ तसर्थ नेतृत्वले साघुरो घेरामा रहनुहुदैन सबै पक्षलाई समेटेर लैजान जरूरी देखिन्छ । जनप्रतिनिधि जनताको शासक नभई सेबक हुनुपर्छ ।’
उनले चुनौतिका बिच पनि आफूले थुप्रै काम गर्ने प्रयास गरेको बताइन् । ‘मेरो ल्याकतले भ्याए सम्म नगर भित्र सडक, पुल,नदि तटबन्धन, शुद्व खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षा, विद्यालय भवन ,न्याय सम्पादन कार्य, अनुगमन,पर्यटन पुर्वाधार, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गाको नापि कार्य, कृषिमा आधुनिकिकरण, पशुपालन लगायतका क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्न विभिन्न दौडधुप र कठिनाइका बाबजुत मैले इमान्दारी पुर्बक प्रयास गरे’ उनले भनीन ‘खासगरी नगरलाई सुन्दर, सफा बनाउन र आम नागरिकलाई नगरपालिकाबाट प्रदान गर्नु पर्ने सेवा लाई मुस्कान सहितको छिटो, छरितो सेवा दिने प्रणाली विकास गर्न विभिन्न सरोकारवाला व्यक्तिहरु तथा कर्मचारी मित्रहरु संग बारम्बार छलफल र सहकार्य गर्ने कोसिस गरि रहे, उनले भनीन् । ।’ दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएपनि आफू पदमा नरहेर पनि सामाजिक काममा सक्रिय भएर लाग्ने बताएकी छिन । उनले नयाँ जनप्रतिनिधिलाई रचनात्मक सुझाब, सहयोग तथा मार्गनिर्देश गर्न पनि आफू सधै तत्पर रहने बताईन । बाँकी थुप्रै अधुरा कार्य खासगरी सुन्दर, सफा, समृद्ध नगर बनाउन र आम नागरिकलाई मुस्कान सहितको सेवा दिनेमा नवनिर्वाचित टिम लाग्नेछ भन्ने विश्वस्त रहेको उनले भनीन् । ‘मैले सिकेको ज्ञान, शिप, प्राप्त अनुभव र नेटवर्कलाई हाम्रो गोदावरी नगर विकास र सम्पूर्ण नगरबासीहरुको सेवाका लागि पदमा नरहेपनि विभिन्न माध्यमबाट सक्रिय भई रहने र नयाँ जनप्रतिनिधिहरुलाई रचनात्मक सुझाब, सहयोग तथा मार्गनिर्देश गर्ने हरेक प्रयास गरिरहनेछु बिश्वास ब्यक्त गरिन् । साथै उनले आफ्नो ५ वर्षिय कार्यकाल सहज बनाउन रातदिन नभनि सहयोग गर्नुहुने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विविध राजनिक दलका नेता, कार्यकर्ता, समाजसेवि बुद्विजिवि वर्ग, संचारकर्मी र विविध संघसंस्था सबैलाई सधै सम्झी रहने जानकारु दिएकी छिन् ।