काठमाडौँ । हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले मुस्ताङ जिल्लाको थासाङ २ सानोस्वारेमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको जनाएका छन् ।पोखराबाट जोमसोमका लागि आइतबार उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतिय र २ जर्मन नागरिक थिए ।
यसबारेमा थप विवरण आउन बाँकी छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए । पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो ।जहाजमा चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा, यात्रु बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर थिए।