धनगढी।सरकारले आगामी आर्थिक वर्ष जडिबुटी खेती र प्रशोधन उद्योग स्थापनामा जोड दिने भएको छ। सरकारले आगामी बजेटबाट कैलालीमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने नीति लिएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए। उनले प्रदेश स्तरमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने बताए । सरकारको अनुमतिमा सबै किसिमका जडिबुटी खेती गर्न र निर्यात गर्न प्रोत्साहन गरिने छ । सरकार र निजी क्षेत्रको सहकार्यमा जडिबुटी खेती गर्ने योजना अघि बढाइने छ ।