काठमाण्डौँ। गणतन्त्र दिवसको अबसरमा सुदुरपश्चिम वाट र्निमित पहिलो कथानक चलचित्र अर्पण फिलिमका नायक तथा सुदुरपश्चिम कलाकार संघका अध्यक्ष अम्बीका प्रसाद आचार्य सम्मानित भएका छन् ।
गणतन्त्र दिवसको अबसरमा काठमाण्डौँमा शनिवार तिलक फिल्मसद्वारा आयोजित सम्मुनत नेपाल निमार्णमा कलाकारहरुको भुमिका बिषयक बिचार गोष्ठी तथा सम्मान प्रदान कार्यक्रममा आचार्य सम्मानित भएका हुन् । विगत लामो समय देखी नेपालको कलाकारीता क्षेत्रमा क्रियाशिल हुदै र समर्पणका साथ वरिस्ठ कलाकार, शिक्षासेवी, तथा समाजसेवीका रुपमा निरन्तर सक्रिय रहदै आएका छन् ।
यस्तै सुदुुरपश्चिम प्रदेशको प्रथम नायक एवम राष्टीय तथा अन्तराष्टिय क्षेत्रमा बिभिन्न सांस्कृतीक, सेवामुलक, शैक्षिक तथा सामाजिक संघसंस्था मार्फत राष्टबिकास, कला र संस्कृतीक क्षेत्रको बिकास र सामाजिक सेवामा पुर्याइएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । आचार्य सम्मानित भए पछि खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका प्रमुख दिपक जोशीलाई धन्यबाद दिदै कलाकारीताका साथै सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताए।
गणतन्त्रदिवस २०७९ को अवसरमा आयोजक तिलक फिल्मस प्रालीका अध्यक्ष दिपक राज जोशी, प्रमुख अतिथी प्रथम- उपराष्ट्रपति परमानन्द झा र बिशिस्ट अतिथि देउडा गायक प्राज्ञ नन्द कृष्ण जोशि,आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतबाट आचार्यलाई सम्मान गरिएको हो। नृत्य क्षेत्रमा आचार्यको योगदान रहदै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।



