धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुन मन्त्री डा. रणबहादुर रावलले लोकतान्त्रिक संस्कार, एकता र समतामुलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास वक्तव्य गरेका छन् ।
आईतबार १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायीत्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, एकता र समतामुलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताएका छन् ।
उनले भनेका छन्,जनताको अभूतपूर्व साथ र एकताले संविधान भत्काउने कदमलाई परास्त गर्न सफलता मिलेको छ संविधानलाई नै भत्काउनेहरुलाई सबैको एकताले यो सफल भएको बताए । ‘ऐतिहासिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र स्थापनाका १४ वर्षलाई फर्केर हेर्दा राजनीतिक तहमा ठूला–ठूला परिवर्तनहरु भएको बताए । फलस्वरुप संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान निर्माण भएको छ शुभकामना वक्तव्यमा भनिएको छ । ‘अहिले हामी उक्त संविधान कार्यान्वयनको चरणमा छौं ।’
मन्त्री रावलले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन्। संघीयता कार्यान्वयनको चरणमा स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको छ भने प्रदेश र केन्द्रको निर्वाचन गराउने तयारीमा सरकार जुटेको वक्तव्यमा उल्लेख गरेको छ । मन्त्री रावलले भर्खरै निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरु जनताले गरेको विश्वास भरोसालाई आत्मसाथ गर्दै जनआकांक्षा र आवश्यकतालाई परिपूर्ती गर्न सहयोगी हुने अपेक्षा गरेका छन । गणतन्त्रका उपलब्धीको रक्षा गर्नमा आफु जहिले पनि प्रतिबद्ध रहेको उनले बताएका छन् ।