अछाम। अछामको साँफेबगरमा मापसे गरी होहल्ला गर्ने ७ जना प्रहरी नियन्त्रणमा परेका छन् । शनिबार जिल्लाको साँफेबगर नगरपालिका(४ स्थित समर्पण होटेल एण्ड बारमा मापसे गरी होहल्ला गर्ने ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगरलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए। उनीहरुलाई इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको उनले बताए।