अछाम। अछाममा ढुंगा लडाएर हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्त प्रकाउ परेका छन्। प्रकाउ पर्नेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ६ का हिरा प्रशाद न्यौपाने रहेका छन।
उनलाई पञ्चदेवल बिनायक नगरपालिका ५ सालघारी डाँडाकी ३९ बर्षिय रमिता न्यौपानेलाई ढुंगा लडायर हत्या गरेको अभियोग रहेको छ।जेठ १२ गते बिहीबार हिरा प्रशाद न्यौपानेले लडाएको ढुंगा लागेर पञ्चदेवल बिनायक नगरपालिका ५ सालघारी डाँडाकी ३९ बर्षिय रमिता न्यौपानेको मृत्यु भएको थियोे।
अभियुक्त हिरा प्रशाद सोही दिन देखि फरार रहेका थिए । उनलाई शुक्रबार साझ रामारोशन गाउँपालिका ३ कालापानीबाट स्थानीय छत्र कार्कीको घरमा लुकी छिपी बसेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख रबिराज थपलियाले जानकारी दिए ।