कैलाली। नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालीका निर्वतमान मेयर नृप वहादुर वड, गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ।
शुक्रबार बिहान सयुक्त टोलीद्धारा प्रधानमन्त्री देउवालाई भेटवार्ता गर्दै गेटा मेडिकल कलेजलाइ यथा सिघ्र संन्चालनमा ल्याउनकालागि बिषेश छलफल भएको जनाइएको छ। यस्तै धनगढीका निर्वतमान मेयर वड, गोदावरीका मेयर भट्टले प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सञ्चालन गरिदिन आग्रह गरेका थिए। गेटा मेडिकल कलेजलाइ यथा सिघ्र संन्चालनमा ल्याउनकालागि बिषेश छलफलका साथै सम्माननीय प्रधानमन्त्रीवाट तुरुन्तै संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ। यता नीति तथा कार्यक्रममा पूर्वाधार तयार भइसकेको संरचनाका विषयमा सरकार मौन रहेको भन्दै कैलालीमा स्थानीय विरोधमा उत्रिएका छन् ।