कैलाली। कैलालीको गोदावरी नगरपालिकाका स्थानीय आक्रोशित बनेका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ हरिनगरमा रहेको समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितीको खानेपानी ट्यांकिनिर्माण सकिएको ४ वर्षपछि परिक्षण गर्दा ट्यांकि चुहिने भेटिएपछि स्थानीय आक्रोशित बनेका हुन्।
आर्थिक वर्ष २०७३/७४ मा निर्माण सूरु गरिएको समैजी खानेपानीको ट्यांकि परिक्षणमै चुहिने भेटिएको हो। खानेपानी ट्यांकिनिर्माण सकिएको ४ वर्षपछि परिक्षण गर्दा ट्यांकि चुहिने भेटिएपछि स्थानीय आक्रोशित बनेका छन्। केन्द्रिय सरकारको ५ करोड १० लाख कुललागत रहने उक्त खानेपानी आयोजना पछिल्लो ६ वर्ष देखी निर्माणाधिन अवस्थामा छ। सो आयोजनाको भौतिक संरचना निर्माणको कार्य अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ट्यांकि निर्माण गरी सम्पन्न गरिएको थियो। तर निर्माण सकिएको करिब ४ वर्ष सम्म पनि परिक्षण नगरिँदा अन्तिम चरणमा ट्यांकि चुहिन थालेको स्थानीयले बताएका छन्।
हरि नगर वासीलाई परेको शुद्ध खानेपानीको अभावको समस्या समाधानका लागी लामो प्रयासपछि खाने पानीआयोजना निर्माण गरिएको भएपनि सम्बन्धित निकायको कमजोरीका कारण ट्यांकि निर्माण भएको ५ वर्ष सम्म पनि पानी खान नपाएको स्थानीय तथा समैजी खानेपानी तथा सरफाई उपभोक्ता समितीका सचिव टेक बहादुर सारु मगरले बताएका छन् । सुरुवाती चरणमै त्रृटि भेटिएको उक्त खानेपानी ट्यांकि हाल पुननिर्माणको चरणमा भएतापनि त्यसले दिगो रुपमा सेवा दिने कुरामा अन्यौलता रहेको स्थानीय टेक बहादुर देउवाले बताएका छन् । निर्माणमा प्रयोग भएका सामाग्रीको अवस्थाको विषयमा अनुगमन नगरी हचुवाको भरमा काम सक्ने दाउमा काम निमयन बिना कामगर्दाको परिणाम आज भोग्नुपरेको उनको भनाई छ ।
त्यस्तै उक्त समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शेर बहादुर बोगटीले ट्यांकि चुहिएको कुरा स्विकार गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् । चुहिएको ट्यांकिको पुननिर्माण पछिको अवस्थाका विषयमा आफै अन्यौल रहेको बोगटीले आउँदो १ वर्षभित्रमा १०० धारा जडान गरी सेवा सञ्चालन गर्ने समेत उनले बताए । उक्त आयोजनाको इलेक्ट्रोमेकानिकल काम सम्पन्न गरी पानी चढाएर हेर्दा ट्यांकिमा केहि लिकेज फेला परेको स्विकार गर्दै खानेपानीतथा सरसफाई डिभिजन कार्यालय कैलालीका ईन्जिनियर महिम बोहोरा ले समस्या समाधानका लागी काम सूरु भईसकेको र केहिदिनमै पुर्ण रुपमा समस्या समाधान हुने बताए । यता कार्यालयका सुचना अधिकारी हंश राज थापाले भने पानी चुहिएको विषयमाआफूलाई ठ्याक्कै थाहा नभएको बताए । उनले भने, यदी त्यस्तो भएमा तत्कालै समाधानका लागी पहल गर्ने बताएका छन् । सरकारको अस्पष्ट नीतिका कारण प्रत्येक वर्ष बिभिन्न आयोजना ल्याउने तर खानेपानीका लागी विनियोजन अभाबका कारण खानेपानी आयोजनाको काम सुस्त रहेको उनले बताएका छन् ।