कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा यौन दुव्र्यवहारको शिकार भएकी ११ बर्षिया बालिकालाई न्याय र क्षतिपूर्तिको माग गर्दै स्थानीयले भीमदत्त नगरपालिकामा धर्ना दिएका छन्।
धर्नामा बालिकाका आफन्त सहित स्थानीय सहभागी भएका छन् । मंगलबार दिउँसो ती बालिकालाई यौन दुव्र्यवहार गरेका स्थानीय दिनेश मालीले झुण्डिएर आत्महत्या गरेका थिए । शरिरका विभिन्न भागमा चोटपटक लागेकी ती बालिका उपचारका लागि अस्पताल भर्ना गरिएकी छन् । बालिकाका आफन्तले बलात्कार गरी हत्या गर्न खोजिएको आशंका गरेका छन्।
प्रहरीले बालिकामाथि बलात्कार प्रयास गरिएको र मेडिकल जाँचपछि सबै कुरा यकिन हुने जानकारी दिएको छ। बालिकामाथि यौन दुव्र्यवहार घट्नापछि स्थानीयले सरकारी निकायले चासो नदेखाएपछि दबावका लागि नगरपालिकामा धर्ना दिएको बताएका छन्। पीडित बालिकाका आफन्त ईन्द्रावती रानाले सरकारी निकाय घट्नाप्रति गम्भीर नदेखिएकाले धर्नामा बस्नु परेको बताइन् ।
‘एउटा अबोध बालिकामाथि बलात्कार भएको छ, ‘उनले भनिन, ‘बलात्कारी मरेर गएपनि उनका घर र आफन्त छन, के यि बालिकाले न्याय नपाउने रु’ उनले बालिकाको उचित लालनपालन, अध्ययनका लागि व्यवस्था मिलाई दिनुपर्ने बताए । बालिकामाथि यौन दुव्र्यवहार घट्नाको चौतर्फी आलोचना भएको छ । राजनीतिक दल, जनप्रतिनिधि, अधिकारकर्मी सबैले घट्नाको छानबिन गर्न माग गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाल राना थारु समाजले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । नेपाल राना थारु समाज कञ्चनपुरकी अध्यक्ष प्रेमबती राना र नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बालिकाको न्यायका लागि माग अघि सारिएको छ ।