धनगढी। कैलालीको धनगढीमा वृद्धभत्ता बुझ्न गएका एक वृृद्धको मृत्यु भएको छ । धनगढी–१८ फूलबारीका ७४ वर्षीय गुलिराम चौधरीको मंगलबार मृत्यु भएको हो ।
भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।उनी दम र मधुमेह रोगको पीडित रहेको धनगढी–१८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए ।
उनको मृत्यु भएको २४ घण्टा नबित्दै ६० वर्षीय छोरा लिलाराम चौधरीको समेत मृत्यु भएको छ । बुबाको अन्तिम दाहसंस्कार गरेर फर्किने बित्तिकै लिलारामको मृत्यु भएको वडा अध्यक्ष रिजालले जानकारी दिए । लिलाराम पनि केही दिनदेखि बिरामी अवस्थामै रहेको बताइएको छ ।