कैलाली। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक बर्ष २०७८/७९ को तेस्रो त्रैमासिक तथा ९ महिनाको प्रगती बिवरण सार्बजनिक गरेको छ। कार्यालयमा आयोजना गरिएको तेश्रो त्रैमासिक तथा ९ महिने प्रगतीसमिक्षा गोष्ठी कार्यक्रममा सो कार्य प्रगती बारे जानकारी गराइएको हो ।
आर्थिक बर्ष २०७८/७९ को तेश्रो त्रैमासिक तथा ९ महिना अवधीभर खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी तथा नविकरण, खाद्य बजार तथा होटल रेष्टुरेन्ट अनुगमन गरेको छ । यस्तै खाद्य तथा दाना नमुना संकलन, नमुना बिश्लेषण, दुग्ध तथा प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृद्र्धिकालागी सरोकारवालासंग अन्तरकृया, खाद्य तथा दाना ऐन अनुरुप कारवाही,तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षण, राजश्व संकलन तथा उपभोक्ता सचेतना बिस्तार कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले आर्थिक बर्ष २०७८/७९ को ९ महिनाको अवधीमा खाद्य तथा दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी तथा नविकरण अन्तरगत ११३ वटा खाद्य उद्योग र ४ ओटा दाना उद्योग सिफारिस गरिएको बताए । यस्तै भने ७० वटा नयाँ खाद्य उद्योग, १ ओटा नयाँ दाना उद्योगलाई अनुज्ञापत्र जारी, २१४ खाद्य उद्योग तथा ४ दाना उद्योगहरुको अनुज्ञापत्र नविकरण गरिएको जानकारी दिएका छन् । उनले नयाँ उद्योग दर्ता हुनुपुर्ब खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट गुणस्तर लाईसेन्स तथा उद्योगको अनुज्ञापत्र अनिवार्य लिएर मात्र उत्पादन भएका बस्तु बिक्रीबितरण गर्न पाउने र प्रत्येक बर्ष लाइसेन्स नविकरण गर्नुपर्ने ब्यवस्था रहेको बताएका छन् ।
सो ब्यवस्था अनुसार यस आर्थिक बर्षको ९ महिनामा १३३ खाद्य उद्योग, ४ दाना उद्योग सिफारिस गरिएको,७० नयाँ खाद्य उद्योग र १ वटा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरिएको जानकारी दिए । यस्तै २१४ खाद्य उद्योग र ४ दाना उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको छ। उद्योगको स्थलगत अनुगमन, स्वच्छता मापदण्ड, खाद्य तथा दानाको प्रयोगशाला परिक्षण गरी गुणस्तर प्रमाणित प्राप्त भएमा र उत्पादनको लेवल अनिवार्य उल्ले भएपछि मात्रै अनुज्ञापत्र जारी र नविकरण हुने ब्यवस्था कार्यालयले गरेको छ। यस्तै ९ महिनाको अवधीभर खाद्य बजार तथा होटल रेष्टुरेन्ट अनुगमन अन्तरगत संयुक्त बजार अनुगमन टोलीबाट ६८ पटक र खाद्य निरीक्षक मार्फत ६७ पटक बजार अनुगमन गरिएको छ। ५४ पटक होटल रेष्टुरेन्ट अनुगमन र २५५ खाद्य तथा दाना उद्योगहरुको अनुगमन कार्य भएको हो। अनुगमनका क्रममा १९ ब्यवसायीबाट उपभोग्य मिती समाप्त भएका र गुणस्तरहिन बस्तु जफत गरी नष्ट गरीएका छन् । जसमा उपभोग्य मितीसमाप्त भएका र गुणस्तरहिन बस्तु चिसो पेय पदार्थ, बियर,चाउचाउ, मसला हरलिक्स, सस, चाउमिन, नमकिन हुन् ।
यस्तै आर्थिक बर्ष २०७८/७९ को ९ महिनामा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणकालागी ९ सय ९९, अनुरोध भई आएका ४०, ऐन बमोजिम निरीक्षकबाट संकलित ३ सय ५५ गरी जम्मा १ हजार ३ सय ९४ नमुना बिश्लेषण गरिएको छ ।प्रथम त्रैमासिक अवधिमा दुग्घ प्रशोधन उद्योगीहरुसंग १ पटक, तेस्रो त्रैमासिक अवधिमा प्रशोधित पिउने पानी उद्योगी ब्यवसायीसँग २ पटक गरी ३ पटक स्वच्छता र गुणस्तर सुधारका लागी अन्तरक्रिया गरिएको छ।खाद्य तथा दाना ऐन अनुरुपमा कारवाही अन्तरगत- खाद्य तथा दाना ऐन अनुरुप कारवाहीमा संकलित गरिएका नमुना मध्ये प्रतिकुल ३२ नमुनाहरुको कारवाही प्रक्रिया अघि बढाइएको छ ।
सो क्रममा उद्योगी ब्यवसायीसँग बयान लिने, सरकारी वकीलबाट सल्लाह तथा राय निकासा लिने कार्य अघि बढीरहेको जनाइएको छ । यस्तै सोही ९ महिना अवधीमा खाद्य ऐन प्रतिकुल कार्य गर्ने १४ मुद्धा जिल्ला प्रसाशन कार्यालयमा मुद्धा दायर गरिएका छन् ।
तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षण अन्तरगत- तरकारी तथा फलफुलमा बिषादी अवशेष परिक्षणमा यस आर्थिक बर्षको कार्तिक १ गते देखी कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट प्राप्त भएका नमुनाहरुको बिश्लेषण गरी प्रतिबेदन भन्सार कार्यालयलाई उपलब्ध गराउँदै आएको जनाइएको छ । सो क्रममा गत तेश्रो त्रैमासिकमा २ हजार ४७ र ९ महिनामा ४ हजार १ सय ८० नमुनाहरुको बिश्लेषण सेवा प्रदान गरिएको छ ।
राजस्व संकलन अन्तरगत- राजस्व संकलन अन्गरतगत प्रयोगशालामा प्राप्त नमुना दस्तुर बाफत तेस्रो त्रैमासिकमा रु ८ लाख ४१ हजार ४ सय र ९ महिनामा २४ लाख १९ हजार ४ सय ७० रुपैया राजश्व संकलन भएको छ।
यस्तै उपभोक्ता सचेतना बिस्तार अन्तरगत उपभोक्ताहरुमा खाद्य तथा गुणस्तर सम्बन्धि सुचना सन्देश प्रसार गरी सचेतना बिस्तार गर्ने, दशै तिहार लगायतका चाडबाडमा खाद्यबस्तु खरिद तथा उपभोग्य गर्दा उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरुबारे सचेतना कार्य अघि बढाएको छ । साथै हाल गर्मी समयमा हुनसक्ने फुड पोइजनबाट बच्न बिभिन्न सुचना तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्रदान गरिएको छ । यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र मातहतका डिभिजन कार्यालयहरुको उपस्थीती रहेको थियो । चालू आ ब २०७८/७९ को तेश्रोे त्रैमासिक तथा अर्धबार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन कार्यालय डोटीका खाद्य अनुसन्धान अधिृकत सागर दाहाल लगायत कार्यालय प्रमुखहरु सहभागी रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको उपस्थिति थियो। उपभोक्ता हित संरक्षण मन्च सुदुरपश्चिम प्रदेशका सचिब भोजराज जोशी लगायत पत्रकारको उपस्थीती रहेको थियो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले कालोबजारी, अखाद्य बस्तुको कारोबार केहीहदसम्म न्युनीकरण भएको बताए । साथै पत्रकार महासंघले गर्नुपर्ने साथ सहयोग रहने बताएका छन् । यस्तै सो बारेमा जानकारी दिदै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बजार अनुगमनलाई तिब्रता दिने जानकारी दिएका हुन्। कार्यक्रममा पत्रकार तथा कार्यालयमा आबद्ध कर्मचारीहरुको उपस्थीती रहेको थियो ।