कञ्चनपुर। कञ्चनपुरमा एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ। कञ्चनपुरको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मंगलबार दिउँसो नुहाउनेक्रममा भारतको उत्तरप्रदेशस्थीत रामपुरका ३८ बर्षीय फैज अहमदको मृत्यु भएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक प्रकाश भण्डारीका अनुसार उनलाई उद्धार गरी उपचारका लागी महाकाली अस्पतालमा लगीएकोमा उनको मृत्यु भएको हो । पौडी खेल्न नजानेका अहमद स्वीमिङ पुलको गहिरो ठाउँमा डुबेका थिए । उनी ओपेरा होटलमा एक्लै दुई तिन दिन देखी बास बसिरहेका थिए । प्रहरी निरीक्षक भण्डारीले भारतमा रहेका परिवारका सदस्यालाई खवर भैसकेको बताएका छन् ।