अछाम। अछाममा नक्कली डाक्टर बनेर प्रलोभन देखाएर काम गराउदै हिड्ने एक जना पक्राउ परेका छन्। अछामको मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । बिक बिगत केहि समय अगाडि देखि नक्कली डाक्टर बनेर घुम्दै आएका हुन्।
उनले आफू त्रिवि शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए। उनि माथि शंका लागि खोजतलासि गर्दा उनको साथ बाट डाक्टर बिसिको नाम बाट काटिएका विभिन्न रसिद हरु, राष्टिय बाणिज्य बैँकका भौचर हरु, श्री एयरलाईन्सको बोडिङ पास ,चक्र बहादुर बिसी नामको मतदाता परिचयपत्र समेत फेला परेको छ ।
सो सम्बन्ध मा उनि सङ्ग बुझ्दा आफु डाक्टर नभई विभिन्न प्रतिष्ठित व्यक्ति हरु सङ्ग अनुचित लाभलिन आफु डाक्टर भनि ढाटेको बताएका छन् । साथै उनि समय समय मा राजनीतिक व्यक्ति हरु सङ्ग जाने आफु डाक्टर हु भन्दै निर्वाचन विजय र्याली मा समेत गएको र विभिन्न ब्यक्ति हरु लाई धम्की देखाएर काम फुत्काउदै आएको खुलेको छ। अहिले उनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।