धनगढी। धनगढी उप महानगरपालिका वडा नम्बर २ का नव निर्वाचित अध्यक्ष धर्मराज ओझाले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख गोपाल हमालबाट सपथ ग्रहण गरेपछि वडा कार्यालयमा पुगेर ओझाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण संगै ओझाले वडाका जनताको बिश्वास गुम्न न दिने बताएका छन् । जनताले बिश्वास गरे अनुसार जनताका गुनासा सम्बोधन गर्ने उनले प्रतिबद्धता गरेका छन् ।ओझा लामो समय देखी राजनितीक, अपाङ्गताका क्षेत्रका साथै सामाजिक सेवामा काम गर्दै आएका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको चुनाबमा धनगढी वडा नंम्बर २ को वडाअध्यक्षमा ओझा सहितको प्यानल निर्वाचित भएको थियो। यस्तै महिला सदस्यमा काँग्रेसकै विन्द्राकुमारी बम (सिंह), दलित महिला सदस्यमा मिना रैका आउजी, सदस्यमा केशवराज पन्त र तेजराज पनेरु निर्वाचित भएका थिए ।