धनगढी। धनगढी उप महानगरपालिका वडा नम्बर १० का नव निर्वाचित अध्यक्ष शिभ कुमार रानाले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख गोपाल हमालबाट सपथ ग्रहण गरेपछि वडा कार्यालयमा पुगेर रानाले पदभार ग्रहरण गरेका हुन् ।
पदभार ग्रहण संगै रानाले वडाका जनताको बिश्वास गुम्न न दिने बताएका छन् । जनताले बिश्वास गरे अनुसार जनताका गुनासा सम्बोधन गर्ने उनले प्रतिबद्धता गरेका छन् ।