धनगढी। धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन। उनले मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन ।
यस भन्दा पुर्व उनले आजै बिहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका हुन। सपथ ग्रहण गरे लगत्तै उनले आजै ११ बजेर १५ मिनेटमा धनगढी उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका छन्। स्वतन्त्रबाट ‘आँप’ चुनाव चिन्हबाट उठेका हमालले २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भएका थिए ।