कैलाली। कैलालीको गौरीगंगामा ट्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्र्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
Advertisement



दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका– १ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
Advertisement

Advertisement



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु