धनगढी। धनगढी उप महानगरपालिका वार्ड नम्बर १२ को अध्यक्षमा शेर बहादुर (SB) महरा प्यानल सहित बिजयी भएका छन् ।
नेपाली काङ्ग्रेसका डबल थापा संग ५९ मतले महरा बिजयी भएका हुन् । सदस्यहरुमा एमालेकै काले रावल, इन्द्र माया तामाङ , बीसराम डगौरा र कमला बिक निर्वाचित भएका छन् ।
बिजयी भए सङ्गै अध्यक्ष महराले अब वर्डा नम्बर १२ का जनताको जन भावना अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन् । लामो समय राजनिती गरेका महरा कृषि क्रान्ति बाट युवाहरूलाई स्वरोजगार तर्फ केन्द्रित गर्ने बताउँछन् ।