धनगढी। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना जारी छ। शनिवार मत गणना भएको एक हप्ता पुगिसकेको अवस्थामा मतगणना अझै जारी रहेको छ।धनगढी उपमहानगरपालिकाको मतगणना कार्य अन्तीम चरणमा छ ।
६३ हजार ७१५ मत खसेको अहिलेसम्म ५७ हजार ४१८ मतगणना भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले २५ हजार २१ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १३ हजार ५१ मतसहित हमाललाई पछ्याइरहेका छन्।
हमालले ११ हजार ९७० मतको अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ५६१ मत ल्याएर तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ।रानाले १२ हजार ९३६ र अधिकारीले ११ हजार ७०४ मत पाएकी छिन्। उनीहरुबीच एक हजार १ हजार २३२ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३७७ मत पाएका छन्।१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।