धनगढी। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ। स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उप-महानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । अब उप-महानगरपालिकाको ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् ।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्र (गठबन्धनकी साझा उम्मेदवार) की शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा प्रतिस्पर्धा भइरहेको छ। अधिकारीले १२ हजार ५९४ मत पाएकी छन् भने । एमालेकी कन्द्रकला रानाले ११ हजार ९८९ मतका साथ लिड गरिरहेकी छिन्। र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।