कैलाली। सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अब सुदूरपश्चिम प्रदेशका ७ पालिकाको मात्रै मत परिणाम आउन बाँकी रहेको छ।
प्रदेशको एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ। नतिजा आउन बाँकी पालिकामा कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका,कृष्णपुर नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका,अछामको साँफेबगर नगरपालिका र मतगणना सुरु गर्नै बाँकी रहेको बाजुराको बुढीगंगा नगरपालिका मत परिणाम आउन बाँकी रहेको छ ।
हालसम्म सुदूरपश्चिम प्रदेशका ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भैरहदानेपाली काँग्रेसले पहिलो स्थानमा छ। उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख जितेको छ। प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।