कैलाली। कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी हासिल गरेको छ।
गाउँपालिका अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीमा गणेश चौधरीले ७ हजार १५१ मत ल्याई विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका परशुराम महतौ (कठरिया)ले ५ हजार २४२ मत पाए। उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया विजयी भइन्।
उनले ६ हजार ५६२ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीता चौधरीले ४ हजार ८५८ मत पाइन्।योसहित कैलालीका पाँच स्थानीय तह जितेर नागरिक उन्मुक्ति पार्टी जिल्लाको ठूलो दल बनेको छ। यसअघि उक्त पार्टीले जोशीपुर र जानकी गाउँपालिका तथा भजनी नगरपालिकाको प्रमुख दुवै पद र टीकापुरको मेयर जितेको थियो।