कैलाली। कैलालीको लम्कीमा गुडीरहेको बसमाथि रूख ढल्दा ६ जना घाइते भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्कामा हावाहुरीले बसमाथि रूख ढल्दा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
से १ ख १८०६ नम्बर बसमा सुकेको रूख ढल्दा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले बताएका छन्। उनका अनुसार घाइतेको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। जेसिबी मार्फत बाटो पन्छ्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले बताएका छन्।


