कैलाली। कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ लिएका मेयर उपमेयरले शुक्रवार नगरपालिकाको पदभार ग्रहण गरेका हुन । पदभार ग्रहणपछि नगर प्रमुख र उपप्रमुखले नगरपालिकाका सबै शाखाको अवलोकन गरेका थिए ।
यस्तै गोदावरी नगरपालिकाका सबै वडामा निर्बाचित जनप्रतिनिधीले कार्यभार सम्हालेका छन् । वडा कार्यालयहरुले वडा भबनमा नै एक कार्यक्रमको आयोजना गरी नयाँ जनप्रतिनिधीलाई कार्यभारको जिम्मा र पुरानोको बिदाई गरेका छन् । गोदावरीका १० वटा वडामा नयाँ जनप्रतिनिधी निर्बाचित भएका छन् भने २ वडामा पुरानै अध्यक्षहरु निर्बाचित भएका छन् ।