अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी अम्बिका चलाउने विजयी भएकी छन्। कांग्रेस सुदूरपश्चिम सहमहामन्त्रीसमेत रहेकी चलाउने ३ हजार ६५३ मत प्राप्त गर्दै मेयरमा विजयी भएकी हुन्।
उनी निवर्तमान नगर उपप्रमुख पनि हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर विकले ३१७२ मत प्राप्त गरे। एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्टले ६९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १५४ मत प्राप्त गरे।
नगर उपप्रमुखमा पनि कांग्रेसकै हर्कबहादुर रावल ४ हजार १८८ मत ल्याउँदै विजयी भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी रीता रावलले २ हजार ६१८ मत पाएकी छन्। एमालेका राजु सञ्ज्यालले १ हजार २ र समाजवादीकी कृष्णा जैसी न्यौपानेले ८७८ मत प्राप्त गरेकी छन्।