धनगढी। सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीको मत गणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३७ हजार ५१५ मतगणना भएको छ।
३७ हजार ५१५ मतगणना हुँदा सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १७ हजार ७३ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार ५२० र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ९८७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ७८८मतका साथ लिड गरिरहेकी छिन्।
एमालेकी कन्दकला रानाले ६ हजार ९९८र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार ३९७ मत पाएका छन्। १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अहिले धनगढीका ५ वडाको मत गणना भइरहेको छ। वडा नम्बर ५, ६, ७, १४ र १५ को मत गणना भइरहँदा कसले कति मत पाएका छन्,यहाँ हेर्नुहोस मतगणना भइरहेको वडाको मतपरिणाम