कैलाली । कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन । बिहिवार जिल्ला न्यायाधिस जयानन्द पनेरुले भट्टलाई सपथ खुवाएका हुन । बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाइ ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए ।कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए ।
उनिहरुलाई नब निर्बाचित मेयर बिरेन्द्र भट्टले सपथ खुवाएका हुन । सोही समारोहमा उनिहरुलाई निर्बाचन कार्यालयले प्रमाण पत्र समेत दिएको छ । सपथ लिनेहरुमा नबनिर्बाचित उपमेयर शारदा देबी रोकाया, १२ वटै वडाका वडा अध्यक्षहरु र सदस्यहरु रहेका छन ।कार्यक्रममा गोदावरी नगरपालिकाका निबर्तमान मेयर हरि सिं सावँद , निबर्तमान उपमेयर रत्ना कडायत,नगरपालिकाका प्रशासकिय प्रमुख, गोदावरी निर्बाचन कार्यालयका प्रमुख, राजनितिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।