बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–३ को अध्यक्षमा नेकपा एमालेका जंगविर रोकाया विजयी भएका छन। बुढिनन्दा नगरपालिकाको वडा न ३ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रोकाया सहितको प्यानल बिजयी भएको हो ।
Advertisement



उनले ६१३ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार प्रदिप बहादुर बोहराले ५१३ मत ल्याएर पराजित भएका छन ।मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना सूरु भएको हो । हाल सम्मको परिणम अनुसार नेकपा एमाले अगाडी देखीएको छ । हाल सम्म १० ओटा वडाहरु मध्य ४ वडाको मतगणना सकिएको छ भने ७ ओटा वडाको मतगणना जारी रहेको जनाएको छ ।
Advertisement
