कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ। उपमहानगरपालिकामा ३३ हजार ६५२ मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३३ हजार ६५२मतगणना भएको हो।
अहिलेसम्म सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५ हजार ४२८ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत पाएका छन्। हमाल र वडबीच ७ हजार ८३२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतका साथ लिड गरिरहेकी छिन्।
एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।हेर्नुहोस यहाँ कसको मत कती छ