धनगढी। कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी भएको छ। बुधवार दिउँसो पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी उपमहानगरपालिका २ कृष्णनगरमा सादुराम यादवले सँचालन गरेको कबिल किराना पसलमा आगलागी भएको हो ।
आगलागी बुधवार दिउसो दुई बजे विद्युत सट भएर आगो लागेको सँचालक यादवले बताएका छन । आगलागीबाट चाउचाउ, विस्कुट, मारचिस, लगाएतका ५ लाख बराबरका किराना सामान जलेर नष्ट भएको बताए । दुई घण्टा पछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको बताएका छन ।