धनगढी। धनगढी उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । १९ हजार ५६० मत गणनामा मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन ।
पछिल्लो सार्वजनिक मतगणनाअनुसार हमालले ९ हजार ३० मत पाएका छन । यस्तै गठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले ३९०४ मत पाएकी छिन् । यस्तै एमालेकी कन्दकला रानाले ३६८६ मत पाएर पछ्याइरहेकी छिन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २१९३ मत पाएका छन्।