बझाङ। बझाङको छबिस पाथिभेरा गाउँ पालिका अध्यक्षमा माओवादी केन्द्रका नेता वसन्त चलाउने विजयी भएका छन्। गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादीका बसन्त चलाउने विजयी भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिएका छन्।
साथै माओवादी नेता भट्टराईले विजयी भएकोमा शुभकामना ब्यक्त गरेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षमा समाजवादीका लक्ष्मण बाेहरा विजयी भएका हुन्। अध्यक्षमा चलाउनेले ३ हजार ६८४ मत ल्याएका छन्।उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामप्रसाद भट्टले १ हजार ९२४ मत प्राप्त गरेका थिए।
यस्तै, उपाध्यक्षमा लक्ष्मणा बोहराले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका देवकी बुढाले १ हजार ८९२ मत प्राप्त गरेकी छन्। यहाँ २०७४ सालको चुनाव एमालेले अध्यक्ष, उपाध्यक्षमा चुनाव जितेको थियो। माओवादीका गाउँ संगठन कमिटी अध्यक्षसमेत रहेका चलाउने यसअघि माओवादी निकट बुद्धिजीवी परिषद्का जिल्ला अध्यक्ष थिए। हाल उनी सोही संगठनको केन्द्रीय सदस्य छन् ।