कैलाली। कैलालीको एक मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको छ। कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेको हो । मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएको छ।



सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप एमालेको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ।
गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको, तर कहाँबाट कसले ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको बताए । गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत भण्डारीले मतगणना स्थलमा स्वस्तिक छाप भेटिएपछि विवाद भएको बताएका छन्। उनले स्वस्तिक छाप भेटिएपछि मत गणना रोकिएको र अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए ।
