कैलाली। स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन्।
उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत पाएर विजयी भएकी छन्। पराजित कठरियाले ५९३ मत पाएका छन्।उनले नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार किशोर कठरियालाई २२ मतको अन्तरले पराजित गरेकी छन्। कैलाली जिल्लाका १३ वटा स्थानीय पालिका मध्ये वडाध्यक्षमा निर्वाचित हुने डगौरा पहिलो महिला हुन्।
उनी बाहेक अरु कोही पनि महिला वडाध्यक्षमा निर्वाचित नभएको मुख्य निर्वाचित अधिकृत जयानन्द पनेरुले जानकारी दिए। उनीसँगै वडा नं. ३ को महिला सदस्यमा फूलमती डगौरा, दलित महिला सदस्यमा शितल श्रेष्ठ विक, खुला सदस्यहरुमा राजेशकुमार चौधरी र ज्ञानप्रसाद महतौ निर्वाचित भएका छन्। डगौराले ६४२, विकले ६५१, चौधरीले ६५५ र महतौले ६१६ मत प्राप्त गरेका छन्। कुल खसेको २ हजार ८१९ मध्ये ६०६ मत बदर भएको थियो।