कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा कांग्रेसका रामलाल राना विजयी भएका छन । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका होलुवा डगौरा थारुलाई ८ मतले पराजित गर्दै राना वडाध्यक्षमा निर्वाचित भएका हुन ।
रानाले ७ सय ३१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धि नेकपा एमाले होलुवा डगौरा थारुले ७ सय २३ मत प्राप्त गरे । सुरुवाती चरणदेखी नै दुवैबिच निकै प्रतिष्पर्धा भईरहेको थियो । उक्त वडाको सदस्यहरुमा भने नेकपा एमालेका सबै उम्मेदवारहरु विजयी भएका छन ।
उक्त वडाबाट नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विरेन्द्र भट्टले १ हजार ३५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले ९ सय २ मत प्राप्त गरेका छन । यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार शारदा रोकायाले ८ सय ४८ मत प्राप्त गरेकी छन भने गठबन्धनकी उम्मेदवार रत्ना कडायतले ६ सय ४६ मत प्राप्त गरेकी छन ।