दार्चुला। दार्चुलाको शैल्यशिखरमा हाइस दुर्घटना भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल भिरमा खसेको हो। भने थप बिवरण आउन भने बाँकी रहेको छ।