कैलाली। कैलालीको गौरीगङ्गा नगरपालीका १ को वडा अध्यक्षमा डबल दियाकोटी निर्वाचित भएका छन् । गौरीगङ्गा नगरपालीका १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसबाट दियाकोटी निर्वाचित भएका हुन् ।
गौरीगंगा नगरपालिकाको मतगणनाको पहिलो नतिजा आएसंगै सो नगरपालीकामा नेपाली कांग्रेसले विजयी खाता खोलेको छ ।निर्वाचित भएका दियाकोटी अत्यन्तै सरल र जनप्रिय व्यक्तिको रुपमा मानिन्छन् । अत्याधिक मतका साथ वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएको नेपाली काँग्रेसले जनाएको छ ।