कैलाली। कैलालीको गोदावरी नगरपालिका – २ मा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका यज्ञ बहादुर महराले २११ मत सहित अग्रता कायम राखेका छन ।
उनलाई नेकपा एमालेका कृष्ण राज जोशीले पच्छ्याइरहेका छन । जोशीले १३४ मत ल्याएका छन । वडामा मेयरमा कांग्रेसले २९२ र एमालेले १६८ मत ल्याएका छन । त्यस्तै उपमेयरमा एकीकृत समाजवादीले १६९ र एमालले १४६ मत ल्याएका छन ।
कांग्रसले यसअघि गोदावरी नगरपालिका १२ मा विजय हासिल गरिसकेको छ । वडा नम्बर ११ मा भने स्वतन्त्रका उम्मेदवारी विजयी भएका छन । अहिले गोदावरीको १, २ र १० नम्बर वडामा मतगणना भइरहेको छ । वडा नम्बर १ मा कांग्रेसले अग्रता लिएको छ भने वडा नम्बर १० मा एमालले अग्रता लिएका छन ।