दार्चुला। दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दलजित धामी प्रतिद्धन्द्धी भन्दा ५०६ बढी मत ल्याएर निर्वाचित भएका छन् । धामीले एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई हराएका हुन । दलजितले तीन हजार ७८३ प्रेमसिंहले तीन हजार २७७ मत पाएका छन् ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना तीन हजार ९५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले दुई हजार ९५२ मत पाएका छन् । यसअघि पनि दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादीका भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका थिए ।
सुदूरपश्चिममा अहिलेसम्म सातवटा पालिका प्रमुख छानिएका छन । तीमध्ये एमालेका तीन, काँग्रेस र माओवादीका दुई र दुई छन् । एमालेले बझांगको साइपाल, थलारा गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिका जितेको छ । भने काँग्रेसले डोटीको बडीकेदार र गन्यापधुरा गाउपालिका जितेको छ ।