दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन्। उनले ५ हजार १३ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्। उपमेयर पदमा एमालेकै दुर्गाकुमारी खत्रीले उनले ४ हजार ६ सय २ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गरेकी छन्।