कैलाली। कैलालीको भजनी नगरपालिकामा सबै पदमा उस्ताउस्तै (समान समान) मत मतपरिणाम सार्वजनिक भएको छ। नगरपालिकाको वडानम्बर ८ को मतगणनामा यस्तो परिणाम देखिएको हो।
जहाँ सबै दलका उम्मेदवारहरुले सबै पदमा उस्ताउस्तै समान मत ल्याएको भेटिएको छ। रेशम चौधरीले नेतृत्व गरेको रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ । नगरपालिकाको मेयरमा लिड गरिरहेको नागरिक उनमुक्ति पार्टीका उम्मेदवारले ४३२ मत पाएका छन्। सो पार्टीका सबै पदका उम्मेदवारले ४३२ मत नै पाएका हुन्।
यस्तै दोस्रोमा रहेको माओवादी केन्द्रका सबै पदका उम्मेदवारले २२२ मत पाएका छन् भने एमालेका सबै उम्मेदवारले १३६ मत पाएका छन्। त्यस्तै जनता समाजवादीका पनि सबै उम्मेदवारले समान मत पाएका छन्। त्यस्तै जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ । यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको हो ।